एमाले कोशी प्रदेश अधिवेशनको मतदान सम्पन्न, दिउँसोदेखि मतगणना

मोरङ– विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि गएराति मतदान सम्पन्न भएको छ ।

आइतवार दिउँसो १२ बजेदेखि मतदान गर्ने भनिएपनि सहमतिको प्रयास गर्दागर्दै राति १० बजे देखि मतदान थालिएको थियो । अहिले बिहान ५ बजेसम्म मतदान सम्पन्न भएकाले दिउँसो १२ बजे देखि मतगणना थालिने प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिनुभयो ।

कोशी प्रदेशको १ सय ३७ पालिका र विभिन्न जनवर्गिय संघ संगठन तथा मजदुर र दलित गरी ९ सय ९७ जना मतदाता रहेको मा ९ सय ७७ जनाले मतदानमा भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी ५ जना पदाधिकारीसहित २ सय १५ सदस्यीय प्रदेश समितिमध्ये केही पदहरुमा निर्विरोध निर्वाचित भईसकेका छन् । धेरै सदस्यका लागि निर्वाचन भएकाले मतगणना कार्य सम्पन्न हुन समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोशी प्रदेशको अध्यक्षका लागि मोरङका विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्