बैतडीको एक होटलमा पुरुषको शव फेला

सांकेतिक तस्बिर

बैतडी – बैतडीको एक होटलमा पुरुषको शव फेला परेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव झुलाघाट स्थित एक होलटमा फेला परेको हो।

गए राति साढे २ बजेको समयमा झुलाघाट स्थित रहेको बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्