सल्यान जीप दुर्घटना : २ जनाको मृत्यु, एक जना घाइते

काठमाडौँ – सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्। रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो। जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ।

मृतक दुबै जना पुरुष हुन। उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका – २ का ३५ वर्षीय नारायण डाँगी गम्भीर घाइते छन्। उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

घटना कतिखेरको हो भन्ने यकिन नभए तर बिहान सवा ६ बजेतिर प्रहरीलाई सूचना आएको थियो । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्