काठ तस्करीको आरोपमा कञ्चनपुरमा एक वडा अध्यक्ष पक्राउ

कैलाली – कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी नगरपालिका ६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन । उनलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप लागेको हो । वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले बताए । चौधरी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्