होडिङ बोर्ड वा प्रचार सामग्रीमा विदेशी कलाकारको सट्टा स्वदेशी कलाकारको फोटो राख्न निर्देशन

काठमाडौं –  होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगरि स्वदेशी कलाकारको फोटो राख्न सरकारले निर्देशन दिएको छ ।

होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटोमात्रै प्रयोग गर्न विज्ञापन बोर्डले सूचना जारी गरेको छ । विज्ञापन नियमावली (पहिलो संशोधन) २०८० को नियम ९ (क) को उपनियम (३) अनुसार विदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ ।

विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चार माध्यमलाई यस्तो कार्य गर्न निर्देश गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्