जुम्लाबाट मुगु जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

जुम्ला – जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने हुन सकिरहेको छैन ।

भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्