नेपालले भुटानलाइ पराजित गरेसँगै सेमिफाइनलको सम्भावना बलियो

काठमाडौं – आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । भुटानमाथि तीन विकेटको जितसहित नेपाल सेमिफाइनल नजिक पुगेको हो ।

भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्