काठमाडौँको छाप्रोमा सवारी दुर्घटना : एकको मृत्यु, ९ जना घाइते

काठमाडौँ – काठमाडौँको छाप्रोमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । आइतबार विहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जादैँ गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक वस र विपरित दिशाबाट आउदैँ गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जीप एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । यसैगरी बस पल्टिएर बसले च्यापेर बागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ । जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्ला सर्लाही शान्तिटोल–१ का २१ बर्षिय राज भट्टराई रहेका छन् । स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडी सवार एक जना गम्भीर घाइते भएको प्रहरी सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताए । बोलेरोमा सवार ५ जना विद्युतका कर्मचारी रहेको प्रहरीले जनाएको छ । उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । विहान केहि समय अवरुद्ध सडक अहिले सुचारु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्