अर्किड आइडलको सेमीफाइनल राउण्ड समपन्न, २५ जना विद्यार्थी फाइनलमा (नामावली)

काठमाडौ – अर्किड आइडल नृत्य प्रतियोगिता दशौँ संस्करण अन्तरगत आज दास्रो चरण अर्थात सेमीफाइनल राउण्ड समपन्न भएको छ । दोस्रो चरणमा सहभागि १०३ जना मध्ये जम्मा २५ जना अर्किड आइडल नृत्य प्रतियोगिताको फाइनलमा पुगेका हुन् । सेमीफाइनलमा अडिसन राउण्ड भन्दा निकै नै प्रतिस्पर्धात्मक नृत्य एवं प्रस्तुतिहरु रहेता पनि प्रतियोगितालाई निश्कर्षमा पुर्याउन थोरै मात्रै सहभागिहरुलाई फाइनलमा लैजान बाध्य भएको अर्किडका संयोजक नरेन्द्र पाण्डेयले बताउनुभयो । आजको सेमीफाइनलमा निर्णायकको भुमिकामा नेपाली लोक नाट्य संगित पर्यटन बोर्डका सदस्य शान्ती कठायतलाई आमन्त्रित गरि प्रतियोगीहरुको प्रतिभालाई निखार्ने प्रयास गरिएको विद्यालयका प्रिन्सिपल सीबी कार्कीले बताउनभयो ।
विगत १० वर्ष देखि निरन्तर १० औँ संस्करणसम्म आउँदा विद्यार्थीहरुको सहभागितामा उल्लेख्य वृद्धि भइरहेको र प्रतिस्पर्धात्मक भावना, नेपाली लोक संस्कृतिको जगेर्नामा केहि टेवा पुगरहेको तथा बालबालिकाहरुमा राम्रो संस्कारको विकास भइरहेको विद्यालयका निर्देशक प्रेम भुजेलले जानकारी दिनुभयो ।

फाइनल राउण्डमा प्रवेश गरेका विद्यार्थीहरुको नामावली ।
भुमिका पराजुली
सेविका घिमिरे
प्रिया जिरेल
प्रवेश कार्की
प्रजुना कार्की
रेविसा बस्नेत
पुण्यशीला भुजेल
सरिना कार्की
राहुल खड्का
कुशुम पौडेल
शाहिरा बास्तोला
शिशीर जिरेल
ममता दास
सिर्जना जैसी
रुविना भुजेल
रोद्दुप खड्का
दिप्सना थापामगर
सोनीया लामा
सिवानी खड्का
सुमन खड्का
अनिता तामाङ
सुस्मा विक
अश्लेशा कार्की
आयुशा कटवाल
सुनिता बजगाई

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्