आँखा पाक्ने रोग, अहिले फैलिरहेको संक्रमण भनेको भाइरल कञ्जनटीबाईटस् हो : सुशान्त ज्ञवाली

सुशान्त ज्ञवाली

दृष्टी राेग विशेषज्ञकाे अन्तिम बर्षमा अध्ययनरत 

NAMS/ Bir Hospital

 

पछिल्लो समय भारतमा फैलिएको आँखा पाक्ने रोग नेपालमा पनि भाइरल बनेको छ । यो रोग अर्थात भाइरसले आँखामा संक्रमण गर्ने गर्दछ । नेपाल र भारतका सिमावर्ती जिल्लामा फैलिएको यो रोग अहिले देशभरी नै फैलिसकेको छ । यो रोगलाई अंग्रेजीमा कञ्जनटीबाईटस् Conjunctivitis भन्ने गरिन्छ । जुन आँखाको नानीको वरिपरि रहेको सेता भागको आकृति जसलाई हामि कन्जुक्टिभा Conjunctiva भन्ने गर्दछौँ । यो भाग सुन्निएको अवस्थालाई हामि कञ्जनटीबाईटस् भनेर भन्ने गरिन्छ ।

आँखा पाक्ने रोग धेरै किसिमको हुन्छ तर अहिले फैलिरहेको संक्रमण भनेको भाइरल कञ्जनटीबाईटस् हो । यो भाइरसको संक्रमणबाट हुने गर्दछ । यो एडिनो भाइरस Adenovirus बाट संक्रमण हुने गर्दछ । यो एक किसिमको सरुवा रोग हो । यो एउटा आँखाबाट अर्काे आँखामा पनि सर्न सक्दछ भने एउटा व्यक्तिबाट अर्काे व्यक्तिमा पनि सर्न सक्दछ । यो आँखा पाक्ने समस्या १५ दिनसम्म रहन सक्दछ भने छिटो पनि निको हुन सक्दछ । यो संक्रमण भएको बेला औषधि प्रयोग गर्ने भनेको अन्य संक्रमण नहोस र केहि सितलता प्रदान होस भनेर मात्रै हो तर औषधिले भाइरस मार्ने भने हुदैन ।

हामिले प्राय आँखा पाकेको मान्छेको आँखामा हेर्दा पनि यो रोग सर्दछ भनि सोचेका हुन्छौँ तर यसमा कुनै सत्यता छैन । यो संक्रमित व्यक्तिको आँखामा हेर्दैमा सर्दैन । संक्रमित व्यक्तिको आँखामा छुदा, तावल, रुमाल, लुगाकपडा प्रयोग गर्दा मात्रै सर्ने गर्दछ । संक्रमित व्यक्तिको आँखामा छुएको हातलाई सफा नगरी आफ्नो आँखामा छुदा भने यो सर्ने गर्दछ । तसर्थ आँखा पाकेको व्यक्तिलाई छुदा वा उसले प्रयोग गरेको कपडा छुदा साबुन पानीले राम्रोसँग हात धुनु पर्दछ ।

आँखा पाक्ने रोगका लक्ष्यणहरु
 आँखा रातो हुने
 आँखा चिलाउने
 आँखा पोल्ने
 आँखाबाट आँसु बगिरहने
 आँखामा सुन्निने, दुख्ने र केहि पसे जस्तै बिझाउने
 विहान उठ्दा कचेरा लागेर आँखा टालिने
 घाम तथा उज्यालोमा हेर्न समस्या हुने

आँखा पाकेमा के गर्ने ?
 बाहिर डिद्दा सनग्लास चस्मा प्रयोग गर्ने र हिड्न सजिलो हुन्छ ।
 आँखा छोइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने
 आँखा पोल्ने बिझाउने भएपछि आँखा पानीले छ्याप्न मन लाग्छ तर यस्तो गर्नुहुदैन तर आँखामा निस्केको कचेरा तथा परेला सफा गर्न सफा कपडालाई भिजाएर आँखा बन्द गरि बिस्तारै सफा गर्नुपर्दछ ।
 सकेसम्म बेलुका प्रगोग गरेको सिरानीको खोल, तन्ना सफा गर्ने ।
 यो एउटा आँखाबाट अर्काे आँखामा समेत सर्ने भएकाले पाकेको आँखा छोएको हातले अर्काे आँखा नछुने ।
 व्यक्तिगत सरसफाईमा ध्यान दिने

आँखा पाकेमा कुन औषधी प्रयोग गर्ने ?
 आँखा पाकेको खण्डमा एन्टिवाइटिक आइड्रप अर्थात मलमहरु प्रगोग गर्ने
 आँखा शितल बनाउन लुब्रिकेट्रि आइड्रप प्रयोग गर्ने
 समस्या धेरै जटिल छ भने नेसाइड्स अर्थात कोर्टीकोस्टेरोइड समेत प्रयोग गर्न सकिन्छ ।

कुनै बच्चालाई संक्रमण भएको छ भने अरु बच्चा सर्न नसकोस भनेर केहि दिन घरमै आइसोलेट गरेर राख्ने र स्कुल नपठाउने । यदि ठुलो व्यक्तिलाई संक्रमण भएको छ भने अरुलाई सर्नबाट रोक्न अफिस वा काममा नगई घरमै आराम गरेर बस्ने ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्