भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमा एक नेपाली युवकको मृत्यु

सांकेतिक तस्बिर

दार्चुला – भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमा एक नेपाली युवकको मृत्यु भएको छ।

भेडाबाख्रा चराउन गएका १७ वर्षीय विनोद ठगुन्नाको मंगलवार मृत्यु भएको हो। दार्चुलाको नौगाड गाउँपालिका–२ का विनोदको पहिरोमा परेर मुत्यु भएको हो। दार्चुला प्रहरीका अनुसार अतिक्रमित गुन्जी क्षेत्रमा उनी पहिरोमा परेका थिए। भारतीय नागरिकको दुई वर्षदेखि विनोद बाख्रा पाल्दै आएका थिए।

कालापानीभन्दा माथिल्लो क्षेत्रमा भेडाबाख्रा चराउन गएको अवस्थामा घटना भएको हो। भेडाबाख्रा चराउन लेकाली फाँटमा गएका विनोद मंगलवार साँझसम्म बासस्थानमा नफर्किएपछि अन्य भेडाबाख्रा चराउनेहरूले खोजी गरेका थिए। कालापानीमा रहेका एसएसबी र आईटीबीपीका सुरक्षाकर्मीहरूको सहयोगमा उनको खोजी गरिएको थियो।

मंगलवार राति २ बजे विनोद मृत भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले विनोदको शव आफन्तले बुझेको बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्