स्थानीयले सुचना माग्दा सूचना दिनुको सट्टा सूचना अधिकारी नै राजिनामा दिएर बसे

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिकामा स्थानीयले सूचना माग्दा सूचना अधिकारी नै राजिनामा दिएर बसेका छन् । मिति २०८०/०४/१० गते नौगाड गाउँपालिकामा सुचना हकको उपभोग गर्ने उदेश्यले एक जना स्थानीय वीर बहादुर ठगुन्नाले निबेदन पेश गरे करिब ३ बजे पेश गरिएको निबेदन उपर काम गर्नको सट्टा बेलुकि लगभग ५ बजेतिर सुचना अधिकारी प्रेम राज जोशी नै राजिनामा दिएर बसेका थिए ।

उनको राजिनामा स्वीकृत पनि भएको थिएन । स्वीकृत नहुनुको मुख्य कारण हो प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिह धामी । उनी राजिनामा दिएकै दिन १० गते बेलुकि राजिनामा स्वीकृत नगरि आफु ११ गते बिहानै प्रदेश राजधानि धनगढी गए ।

२०८०/०४/११ गते ११ बजे कार्यलय समयमा नौगाडकै स्थानीय गोबिन्द ठगुन्ना केही बिषयमा जानकारि लिनुपर्ने भएकाले नियमाअनुसार सुचना माग्न जादा सुचना अधिकारिले मैले थप जिम्मेवारीबाट राजिनामा दिएको हु मबाट सुचना प्राप्त गर्न सकिँदैन भन्ने जानकारि गोबिन्द ठगुन्नालाई दिए ।

अब आर्थिक बर्ष २०७९/८० को सुचना माग्न जादा अधिकारिले राजिनामा दिनु, राजिनामा स्वीकृत नगरि कार्यालय प्रमुख बाहिर जानुले स्थानीयले शंकाको घेरामा राखेका छन् । अर्काे सुचना अधिकारी तोक्न कार्यपालिका बैठक बस्नुपर्ने हुन्छ जसका लागि असोज भन्दा अगाडि बैठक बस्ने कुनै आधार नदेखिएकाले चलखेल सुरु भएको हुनसक्ने  गोबिन्द ठगुन्नाको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्