एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने माग राख्दै एमालेले बैठक बस्न नदिएको हो ।

कार्य व्यवस्था परामर्श समितिको बैठकमा यो माग पुरा नभएसम्म सदन चल्न नदिने ताएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रुपमा भित्रिएको करिब एक क्वीन्टल सुन प्रकरणमा छुट्टै छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै एमालेले साउन १० गतेदेखि प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्