‘फटहा’ नेता र कर्मचारीको विरोधमा सडक तताउन ढिलो भएन् र ?

 

काठमाडाैं – अभिभावक गलत हुँदा घर तहसनहस भएको धेरै उदाहरण छन् । बाबुआमा सही नहुँदाको असर छोराछोरीमा पर्छ । सही बाटो देखाउने ठूला मान्छे नहुँदा स–साना बालबालिका गलत बाटो हिँड्छन् । राष्ट्र पनि त्यस्तै हो । नेतृत्व सही नहुँदाको असर आज सारा नेपाली जनताले भोगिरहेका छन् । देशका नेताहरु कतिसम्म झुठ्ठा छन् भन्ने त पछिल्लो घटनाले स्पष्ट पारिसकेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल सामान्य रोगको उपचार गराउनसमेत भारत पुगे । त्यहाँ लागेको लाखौं खर्चको भार राज्यकोषमा पर्ने भएपछि सर्वत्र विरोध भयो । त्यसपछि राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै राज्यकोषबाट एक रुपैयाँ पनि नलिने जानकारी गरायो । राष्ट्रपति पौडेलले आफूलाई उपचार गर्दा लागेको उपचार खर्च आफैंले व्यहोर्ने भनेपछि जनताले पत्याए ।

तर, उनले राज्यकोषबाट उपचार खर्च लिए । देशका उच्च पदस्थ भनिदाँहरु यस्ता छन्, अनि मुलुकको अनुहार कसरी फेरिन्छ ? जनतालाई भ्रमित बनाउने काम वर्षौंदेखि जारी छ । कि त प्रेस विज्ञप्ति जारी नगरेको भए हुन्थ्यो । विज्ञप्ति निकालेर, जनतामा आश्वासन छरेर राष्ट्रपति पौडेलले अन्तिममा राज्यकोषबाट उपचार खर्च लिनु कतिसम्म लज्जास्पद विषय हो ?

उपचार नपाएर जनता छट्पटाएको सरकारले देखेको छ ? अधिकांश जनता रोग पालेर बसेका छन् । अस्पताल जाने खर्चसम्म उनीहरु छैन् । मर्ने दिन कुरेर जनता बस्नुपरेको छ । सामान्य ज्वरो आउँदा नेताहरु देशविदेश पुग्छन्, तर जनताको पीडादायी अवस्थाचाँहि यिनीहरु देख्दैनन्, किन ? नेताहरुको उपचारको नाममा वर्षेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ ।

त्यो पैसाले देशमै राम्रो अस्पताल खोलिदिँदा सबैले सेवा पाउथें होला नि । यति त सोच्न सक्ने दिमाग यिनीहरुसंग छैन् । यस्तालाई नेता भन्नुपरेको छ । कार्यकर्ता बनेर यस्ता ‘फटहा’ का पछाडि जनता दौडिरहेका छन् । नेताहरुले जुन पैसा उपचारको नाममा देशविदेश पुगेर उडाएका छन्, त्यो नेपालीको रगतपसिनाको कमाइ हो । उनीहरुले खुट्टामा चप्पल नलगाई तिरेको कर हो ।

खाडीको चर्को घाममा नङ्ग्रा खियाएर पठाएको रेमिट्यान्स हो । नेपालीले मरिमरि तिरेको करमा मोजमस्ती गर्न यिनीहरुलाई लाज लाग्नुपर्ने होइन् ? देशमा जनताको अवस्था के हो ? उनीहरु कसरी बाँचिरहेका छन् ? यसतर्फ कुनै नेता भनौउदाँहरुको ध्यान छैन् । राज्यकोषको दुरुपयोग गर्न पाइन्छ कि पाइँदैन् ? आफ्नो धोक्रो भर्न पाइन्छ कि पाइँदैन् ? सामान्ती, शोषकीहरुको सोच यतिमात्रै छ ।

नेता को हो ? नेता कस्ता हुन्छन् ? र नेताको अर्थ के हो ? यिनी सामान्तीहरुलाई थाहा छ ? राष्ट्रपति भनेको देशको प्रमुख हो । सारा जनताको अभिभावक राष्ट्रपति हुन्छन् । राष्ट्रपतिको जिम्मेवारी देश र जनता जोगाउनु हो । आफू मरेर पनि देश र जनताको संरक्षण गर्न सक्नुपर्छ, राष्ट्रपतिले । तर, हाम्रो देशको हकमा राष्ट्रपतिको अर्थ नै छुट्टै छ । देशका प्रमुख भन्न पनि जनतालाई लाज लाग्न थालिसकेको छ ।

राष्ट्रपति पौडेल पैसाको लागि यति लोभी रहेछन् कि के भन्ने ? यस्ता लोभीले भोलि देश बेच्न पनि बेर लगाउँदैन् । मुलुकको आर्थिक अवस्था डामाडोल छ । बजारमा पूरै मन्दी छाएको छ । विदेशी ऋण बढेको बढ्यै छ । मुलुकमा देखिएको आर्थिक संकटलाई कम गर्नुको साटो बढाउनतर्फ लागेका छन्, राष्ट्रपति पौडेल । यस्तो जटिल अवस्थामा त उनले आफूले लिइरहेको तलबभत्ता छाड्न सकेनन्, भने जनताका लागि के गर्न सक्छन् ?

नैतिकता छ भन्ने पौडेलले राष्ट्रपतिको पदबाट राजीनामा दिए हुन्छ । जनताको नजरबाट त उनी गिरि नै सके । राष्ट्रपति पौडेल राजनीतिमा आउनुअघि खुर्सानी व्यापारी थिए । राजनीतिमा प्रवेश गरेपछि उनी गृहमन्त्रीदेखि सभामुखसम्म भए । उनले पदमा हुँदा भ्रष्टाचार गरेर अंकुत सम्पत्ति जोडे । अहिले उनको सम्पत्ति कति हो कति ? उनी लोभी र भ्रष्टाचारी भएको थाहा पाएका गोल्छे सार्कीले उनलाई सदनमै जुत्ता हिर्काए ।

सर्वसाधारण भन्छन्,‘यो व्यक्ति पहिल्यैदेखि एकदमै लोभी हो ।’ हाम्रा देशका नेताले सम्पत्ति जोडेर मात्र के गर्ने हुन् ? सबै नेता जसरी हुन्छ सम्पत्ति कमाउनैतिरै लागेका छन् । तैलें बढी कमाउने कि मैलें भन्ने होडबाजी नेताहरुमा चलेको छ । चाहे भ्रष्टाचार नै किन गर्न नपरोस् । वर्तमान राष्ट्रपति मात्रै होइनन्, भूपू पनि त्यस्तै छन् । सबै जना मिलेर देश र जनता चुसिरहका छन् ।

देशको अवस्था सबैले देखेका छन् । तर, पनि अनदेखा गरिरहेका छन् । राज्य उठाउन सरकारले सकिरहेको छैन् । लक्ष्यअनुसार राजस्व उठेको छैन् । सहकारी भागेर जनता सडकमा ओइरिरहेका छन् । ऋण तिर्न नसकेर ऋणीहरुले आत्महत्या गरिरहेका छन् । देशमा बेरोजगारी बढेको बढ्यै छ । जनतालाई बिहान खाए, बेलुका के खाऊँ भन्ने छ । यस्तो जटिल अवस्थामा समेत यिनीहरुले तलबभत्ता छोड्न सकेका छैनन् ।

राजा ज्ञानेन्द्र होस् या भूपू राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी । भूपू मन्त्रीहरु होस् या कर्मचारी, कसैले आफ्नो तलबभत्ता र सेवासुविधा छोड्न सकेका छैनन् । विदेशीबाट हात थापिथापि सरकारी खर्च धान्नुपरेको छ । अहिलेसम्म देश धितो राखेर यिनीहरुले खाइरहेका छन् । खान पाउञ्जुल खान्छन्, भोलि विदेशीले देशमा हस्तक्षेप गर्न खोजे भनेचाँहि जनताले यिनीहरुलाई लखेट्छन् ।
अहिले चोरहरुको बिगबिगी छ । जताततै चोरी भएका घटना मात्रै सुनिन्छन् । यसरी चोरी बढ्नुको कारण के ? राज्यमा बस्नेहरुलाई यो कुरा थाहा नहोला । बजारमा मँहगीले सीमा नाघेको छ । आम सर्वसाधारणको ढाड सेकिएको छ । खाद्यान्नको मूल्य आकाशिँदा आम सर्वसाधारणलाई बिहानबेलुका छाक टार्न पनि मुश्किल परेको छ । अनि नचोरेर के गर्ने ? काम गरौं, काम छैन् ।

काम भएकाले पनि तलब पाउन सकेका छैनन् । संघसंस्थाले धमाधम कर्मचारीहरुलाई हटाइरहेका छन् । अनि कहाँबाट ल्याएर खाने ? काम छैन् भनेर भोको पेट मान्दैन् । अब झनै राजस्व उठ्दैन् । विदेशीसंग लिएको ऋण अब सरकारले कसरी तिर्छ ? खानलाई दाना छैन् भने कसले कर तिर्छ ? करको उपयोग भएको भए पो तिर्नु ? जति तिरेपनि ‘फटहा’ कर्मचारी र नेताको सेवासुविधामै सक्किन्छ ।

त्यतिले पनि नपुगेर विदेशीसंग हात थाप्छन् । बेकारमा कर तिर्नुभन्दा नतिर्नु नै बेस भन्न थालिसकेका जनता । सरकारले अझैपनि सरकारी खर्च कटौती गरेको छैन् । न तलबभत्ता कटौती गरेको छ न पेन्सन । विभिन्न शीर्षकमा दिइने भत्ताहरु पनि यथावत नै छ । भोलि चुनाव हारिन्छ भनेर सरकार हात बाँधेर बसेको छ । देशको ढुकुटी रित्तिसकेको छ भन्ने कुरा सबैलाई थाहा छ ।

यही पारा हो भने सरकारले नराम्रो मूल्य चुकाउनुपर्छ । सात दशकअघि नेपाल टाढासम्म फैलिएको थियो । तर, छिमेकीहरुले नै हाम्रो भूभाग कब्जा गरे । नेपाल सानो मुलुक बन्यो । यही बाँकी भएको नेपालको मायासमेत कसैलाई लागेन् । विदेशीको नाममा धितो राखेर ऋण लिने अनि तलबभत्ता खाने । सरकारी कर्मचारी, सुरक्षाकर्मी, नेतालगायत सबैले देश धितो राखेर लिएको ऋणबाट तलबभत्ता खाएका छन् ।

देश यो अवस्थामा पुर्याउने को ? घामजस्तै छर्लङ्ग छ । देशमा विदेशी हस्तक्षेप बढाउने नेता र सरकारी कर्मचारी हुन् । सर्वसाधारण पनि नेपाली भइदिएनन्, पार्टीको झोल भइदिए । सच्चा जनता त खान नपाएर आज पनि आत्महत्या गरिरहेका छन् । सरकारी कर्मचारी त देशको लागि ‘सर्प’ साबित भएका छन् । सेवासुविधाचाँहि लिए, कामचाँहि गरेनन् । अब जनताले यस्ता ‘फटहा’ कर्मचारी र नेताको विरोधमा सडक तताउनुपर्छ ।

अनुसा थापा
भक्तपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्