नागरिकतासम्बन्धी कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिरा चौधरी पक्राउ, भारतीय र नेपाली नागरिकता लिएको खुलासा

काठमाडौँ – नागरिकतासम्बन्धी कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिरा चौधरी पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय सप्‍तरीले बुधबार डाक्नेश्वरी-५ बस्ने चौधरीलाई पक्राउ गरेको एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए। उनका श्रीमान महेन्द्र यादवविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर यादव हाल फरार छन्। यादव भारतीय नागरिक हुन्।

एसपी कार्कीका अनुसार उपमेयर चौधरीको नाम भारतीय मतदाता नामावलीमा भेटिएको थियो। त्यसरी नाम भेटिएपछि चौधरीले भारतीय र नेपाली नागरिकता लिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।

उच्च अदालत राजविराजले उनीहरूलाई पक्राउ गर्न परामादेश जारी गरेको थियो। परामादेशको पत्र प्रहरीले पाएसँगै मंगलबार जिल्ला अदालत सप्तरीबाट पक्राउ अनुमति लिएको थियो। अनुमति लिएर प्रहरीले आज चौधरीलाई पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्