धनगढीमा छतबाट खसेर एक महिलाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको शनिबार बिहान साढे तीन बजे छतबाट खसेर घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार सार्की छतमा बनाइएको भान्सामा सुतेकी थिइन्। बिहान उठेर तल आउने क्रममा छतबाट लडेको भन्ने सूचना प्रहरीले पाएको थियो। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक साउदले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्