खप्तडमा आध्यात्मिक सम्मेलन भव्यरुपमा हुदै

बझाङ- सुदुरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन र प्रचार-प्रसारको लागि पहिलो पटक गरिन थालेको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको भव्य रुपमा संन्चालन भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय योग गुरु रामदेव वावा बालकृष्ण आचार्य लगायत को टोली हरिद्वारबाट आज नै हेलिकप्टरमा आइ खप्तडमा आध्यात्मिक योग प्रवचन गरिने हुँदा यो सम्मेलनको प्रमुख आकर्षण रहेको छ।

यसका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साथै प्रदेश मुख्यमन्त्री को पनि सम्बोधन हुने भएको छ।२३गते देखि २५गते सम्म हुने यस आध्यात्मिक सम्मेलन मा हरिद्वारबाट योग पत्जानजलिका भक्तहरू बिभिन्न जिल्लाका योग सादकहरु राष्ट्रसेवक कर्मचारी जनप्रतिनिधि लगायतको सहभागिता रहेको छ। सम्मेलनमा आउने भक्तजनहरूका लागि आयोजक सुदुरपश्चिम प्रदेश सरकार खिप्तड क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समिति र खप्तड पर्यटन बोर्डले खाना बस्नको लागि ब्यवस्थापन गरेको छ । सम्मेलनको उद्घाटनमा स्थानीय कलाकार सहित सुदुरपश्चिम लोक संस्कृतिलाइ झल्काउने केही प्रस्तुति पनि राखिने भएको छ। यो सम्मेलनले खप्तड पर्यटन प्रवर्द्धन लागि ठूलो मद्दत पुग्ने खप्तड पर्यटन बोर्डका कार्यकारी निर्देशक भिम खड्काले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्