सिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु

सांकेतिक तस्बिर

कालिकोट –  कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका-५ रुप्साकी १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।

जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीले हानेको गोली लागेर सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उनको उपचारकै क्रममा आइतबार सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए ।

गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो । सहकारीको आइतबार नै पोष्टमार्टम गरी सुर्खेतको गिरीघाटमा अन्त्येष्टि गरिएको छ । मृतक सहकारी कक्षा–१० मा अध्ययनरत छात्रा हुन् । घटना के ? कसरी ? भएको हो भन्ने बारेमा बुझ्ने काम भइराखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्