बागेश्वरी मल्टि मोटर्सको संयोजनमा कैलालीमा टिभिएसको एओजि राईड सम्पन्न

अत्तरिया – टिभिएस मोटर्सले कैलालीमा एओजि राईड सम्पन्न गरेको छ । टिभिएस मोटर्सको नेपालका लागि आधिकारीक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्सले शनिबार कैलालीकीको अत्तरियादेखी राजिपुर जोघिया तालसम्म एओजि राईड सम्पन्न गरेको हो । उक्त राईडलाई टिभिएस मोटर्सको अत्तरियाका लागि आधिकारीक विक्रेता बागेश्वरी मल्टि मोटर्सले संयोजना गरेको थियो । अत्तरियामा बढ्दै गरेको टिभिएसको बजार अवस्थालाई हेरेर एओजि राईड संचालन गरिएको बागेश्वरीका सञ्चालक प्रेम साउँदले जानकारी दिए । उनले अत्तरियामा विक्रि सुरु भएको दुई वर्षको दौरानमा यस्तो किसिमको राईडहरु सम्पन्न गर्न पाउँदा खुसी लागेको बताए । उनले अत्तरियामा टिभिएसका विभिन्न मोटरसाईकल तथा स्कुटरहरुको माग राम्रो रहेको बताए । उनले ग्राहकहरुको चाहनाअनुसारका मोटरसाईकल तथा स्कुटरहरुको विक्रिवितरण बागेश्वरीले गर्दै आएको बताए ।

यता जगदम्बाका रिजनल सेल्स अफिसर बिक्रम बोहराले अत्तरियामा टिभिएसको बजारलाई मध्यनजर गरी राईड आयोजना गरिएको बताए । उनले अझै यो बर्ष सुदुरपश्चिम क्षेत्रमा मात्रै नाईट राईड सहित ३० बढी राईड आयोजना गर्ने योजना रहेको बताए । एओजि राईड अपाचे बाईक राईडरहरुको कम्युनिटि बिल्डिङ्ग गर्नको लागि भनेर तयार गरिएको संस्था हो । यसमा अपाचेका राईडरहरु मात्रै समावेश हुन पाउँछन् । सुदुर पश्चिम क्षेत्रका एओजि मार्सल रुपस बिकको नेतृत्वमा अत्तरिया देखि राजिपुर जोघिया ताल सम्म सौहार्दपुर्ण वातावरणमा एओजि राईड सम्पन्न भएको साउँदले बताए । पहिलो राईडबाट हौसिएका राईडरहरुले नाईट राईडको लागि आग्रह गरेका थिए । हाल नेपाली बजारमा अपाचेको ५ वटा सिरिज बिक्रि भईरहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्