पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ – पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटनामा परेको हो। अत्यधीक लोड भएकाले जीप अनियन्त्रित भएर करिव ७० मिटर तल खसेको हो। दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय, इलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले घाइतेको उद्धार गरेको छ। घाइतेहरूलाई बुटवल तर्फ पठाएको  प्रहरीले जानकारी दिए । मृतकहरूको शव पनि पोष्टमर्टमको लागि बुटवल पठाएको छ। मृतकको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्