बुद्ध एयरको नमुना जहाज बनाउने अभयलाई एक लाख पुरस्कार

काठमाडौं – बुद्ध एयरको नमुना जहाज बनाएर आकासमा उडाएको भिडियो पछिल्लो समय नदेखेका कमै होलान । बुद्ध एयरको कलर, लोगो खेलेर जस्ताको त्यस्तो बनाएर आकाशमा उडाएकाे भन्दै चितवनका अभय परियारलाई बुद्व एयरले सम्मान गरेको छ ।

बुद्व एयरले १८ वर्षीय परियारको प्रतिभालाई सम्मान गर्दै नगद १ लाख पुरस्कार समेत प्रदान गरेको हो । कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियालाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

‘हामी उहाँलाई मोडेल निर्माणमा उहाँको कडा परिश्रम र समर्पणको लागि धन्यवाद दिन चाहन्छौं र उहाँको उज्जव भविष्यको कामना गर्दछौं ।’ बुद्व एयरले एक पोष्ट गर्दै उल्लेख गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्