६ वर्ष सम्म पनि मोरिबगर-चौधारी सम्मको सडक निर्माण पुरा भएन, सिएवी कन्ट्रक्सनको चरम लापरवाही

बझाङ – बझाङको जयपृथ्वी राजमार्गमा पर्ने मोरीबगर देखी दुुर्गाथली गाउँपालिका जोड्ने सडक खण्डको निर्माण कार्य ढिला सुस्त गतिमा भइरहेको देखिन्छ। उक्त सडकको निर्माण कार्य दुुई वर्षभित्रमा गरी सक्ने सम्झौता भएको थियो । सम्झौता भएको ६ वर्षसम्म पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । प्रदेश सरकार अन्तर्गत कार्यान्वयन हुने गरी २०७५।०७६ सालमा सिएवी कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको थियो । तर उक्त निर्माण कम्पनीले सडक कालोपत्रे गर्ने काममा ढिला सुस्त गर्दा निर्माण कार्य सम्पन्न हुन सकेको छैन् ।

मोरीबगरदेखी दुर्गाथलि गाउँपालिकाको कार्यालय चौधारी सम्मको ६ किलोमिटर सडकलाई दुुई वर्षभित्र निर्माण सम्पन्न गरीसक्नुपर्ने भएपनि ठेकेदार सुुदर्शन चन्दले काममा लापरवाही गरेको दुुर्गाथली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवी प्रसाद जोशीले जानकारी दिए । पालिकाबाट कामलाई तिव्रता दिनका लागि पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले चाँसो नदिने गरेको कार्यालय प्रमुख जोशीले बताए । प्रत्येक वर्ष निर्माणका लागी म्याद थप गर्ने र म्याद थप गरेपछी फर्केर नहेर्ने गरेका कारण सडक कालोपत्रेको काम अलपत्र परेको स्थानीयहरले बताएका छन् । सडक कालोपत्रे भएपछी कम भाडामा नै ओहोरदोहोर गर्न र सामान ढुवानीमा राहत मिल्ने आशामा स्थानीयहरु भएपनि कामले पूणर्ता नपाउँदा स्थानीयहरु चर्को भाडा तिरेर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।

यती लामो समयसम्म पनि सडक कालोपत्रे गर्ने कामको ६० प्रतिशत पनि काम हुन सकेको छैन् । निर्माण कम्पनीले यो आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने भनेपनि कालोपत्रेको काम यो आर्थिक वर्षमा सम्पन्न हुने कुनै छाँट देखिदैन्। दुई बर्षमा सम्पन्न हुने काम लाइ पनि छ बर्ष पुग्दा सम्म पनि ६० प्रतिशत काम पनि सम्पन्न हुन्न सकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्