चोक चोकमा बिद्यार्थिको ठेला व्यवसाय

घोराहि, दाङ
दाङको घोराहि उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यार्थिहरुले प्रयोगात्मक रुपमा घोराहि बजारको बिभिन्न चोक चोकमा छुट्टा छुट्टै ब्यबसाय गरेका छन । सैदान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षाको पनि अनुभव गराउन स्कुलले बिद्यार्थिहरुलाई ब्यबसायमा खटाएको हो । गुरुकुल एकेडेमी घोराहिका बिद्यार्थि बिभिन्न चोकमा ब्यापार गर्न ब्यस्त थिए । कुनै चोकमा पानिपुरी ,कुनैमा मकै ,कुनैमा खरबुजा , कुनैमा लस्सीको ब्यापार गरेको देख्न सकिन्थ्यो । कसैले ग्राहक बोलाउन ब्यस्त थिए त कसैले हिसाव गरीरहेका थिए । त्यो कुनै बास्तविक ब्यबसाय नभएर घोराहिमा रहेको गुरुकुल एकेडेमिले पढाई संगै ब्यबहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको ब्यबसाय थियो । २०७२ सालबाट संचालनमा आएको गुरुकुल एकेडेमिले सुरुवाति बाट नै आफ्नो बिद्यार्थिहरुलाई यस्ता अतिरीक्त क्रियाकलापमा सहभागि गराउदै आएको छ । शिक्षामा पढाईले मात्र बास्तविक जिवनमा भोगिने कुराहरुलाई नसिकाउने भएकाले प्रयोगात्मक रुपमा यस्ता काम गरी ब्यबहारमा उतार्ने उद्धेश्यका साथ बजारका बिभिन्न ११ वटा चोकमा बिभिन्न ब्यबसाय गरीएको बिद्यार्थिहरुले बताएका छन । कक्षा ११ ब्यबस्थापन संकायमा अध्यनरत बिद्यार्थिहरु यो कृयाकलापमा सहभागि भएका थिए । बिद्यार्थिले आफ्नै लगानिमा यो ब्यबसाय संचालन गरेका हुन । जसबाट फाइदा आएको रकम कुनै सामाजिक कार्यमा लगाउने कक्षा ११मा अध्ययणरत छात्रा स्विकृति आचार्यले बताइन । गुरुकुल एकेडेमिका बिद्यार्थिहरुले उत्पादन गरेका बिभिन्न प्रकारका खानेकुराहरु ग्राहकहरुले पनि उतिकै मन पराएका छन । ग्राहकहरुले बिद्यार्थिहरुले बनाएको खाने कुरा खादै उनिहरुले गरेको कामको प्रशंसा समेत गरेका थिए ।

गुरुकुल एकेडेमिमा अध्यनरत बिद्यार्थिहरुको यो कृयाकलाप प्रति अभिभावकहरु पनि निकै उत्साहित भएका छन । बिद्यार्थिको यो ब्यबसाय गर्ने कला र उनिहरुको काम प्रति बिद्यालय पनि निकै खुसि भएको छ । शिक्षा संगै ब्यबहारीक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफुहरु सफल भएको र जुन उद्धेश्य लिएर काम गरीएको थियो त्यो पुरा भएको बिद्यालयका शिक्षक तथा प्लस टु ब्यबस्थापन संयोजक कृष्ण देव थापाले बताउनु भयो । पढाई पछि भबिष्यमा सबै बिद्यार्थिहरु केहि न केहि पेशामा लाग्ने भएको हुदा र कुनै बिद्यार्थिहरु ब्यापारमा पनि लाग्ने भएको हुदा ब्यापारमा नाफा घाटा कसरी हुन्छ र लगानि कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रतक्ष्य रुपमा जानकारी मिलोस भनेर आज यो ब्यबसायको प्रयोगात्मक शिक्षा दिइएको बिद्यालयका प्लस टु प्रमुख निमानन्द गैलेले बताउनुभयो । सैदान्तिक शिक्षा संगै ब्यबहारीक शिक्षाको आबश्यकता रहेको भन्दै आगामि दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिने उँहाको भनाई छ । गुरुकुलले जस्तै अन्य बिद्यालयले पनि यस्ता प्रयोगात्मक कक्षाहरु संचालन गर्न सके समग्र रुपमा बिद्यार्थिहरुले ब्यबसाय गर्दा गर्नुपर्ने सबै कुराहरु जानकारी पाउने थिए । तसर्थ सबैले यस्ता कृयाकलापको आयोजना गर्न जरुरी छ ।

गुरुकुल एकेडेमीमा ‘किड्स मिनी मार्केट’
दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको गुरुकुल एकेडेमीले ‘किड्स मिनी मार्केट’ संचालन गरेको छ । विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने बस्तुको बारेमा जानकारी दिने उद्देश्यले किड्स मिनी मार्केट सुभारम्भ गरेको हो । विद्यालयले आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर अनुसार शुक्रबार एकदिनका लागि मिनी मार्केट सञ्चालन गरेको हो । मन्टेश्वरी मिनी मार्केट उद्घघाट्न गर्दै विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीको शैक्षिक क्यालेण्डर अनुसार बालबालिकाहरुलई दैनिक जीवनमा आवश्यक पर्ने उपभोग्यबस्तुहरुको बारेमा जानकारी दिने उद्देश्यले मिनी मार्केट सञ्चालन गरिएको बताउनुभयो । मन्टेश्वरीमा अध्ययनरत गर्ने विद्यार्थीहरुलाई दैनिक उपभोग्य बस्तुको बारेमा जानकारी दिनेसँगै किनमेल गर्न अभ्यस्त गराउने उद्देश्यले प्ले गु्रपदेखि ३ कक्षासम्म अध्ययन गर्ने बालबालिकाहरुका लागि मिनी मार्केट सञ्चालन गरिएको हो । मिनी मार्केटले विद्यार्थीलाई आफ्नो इच्छा अनुसारको सामान किन्न सक्के क्षमताको विकास गर्ने र आफूलाई दैनिक जीवनमा आवश्यक बस्तुको बारेमा जानका गराउने गुरुकुल एकेडेमीका सह–प्रध्यानाध्यापक गिरी बताउनुहुन्छ । विद्यालयमा हरेक शुक्रबार विद्यार्थीहरुका लागि फरक–फरक शैक्षिक क्रियाकलापहरु भइरहने भएतापनि थप यस्ता क्रियाकलापले विद्यार्थीलाई सिर्जनशील बनाउने र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उँहाको भनाई छ । मार्केटमा फलफूल, स्टेशनरीका सामान, मन्टेश्वरी, आइसक्रिम, पानीपुरी, चटपटे, कस्मेटिकलगायतका विभिन्न सामग्रीहरु राखिएको विद्यालयका मन्टेश्वरी संयोजक रचना पौडेलले जानकारी दिएकी छिन । मन्टेश्वरी टिमका शिशिकाहरुले मार्केट संचलान गरेका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्