पशुपतिको जलहरीबारे उठेको प्रश्नका सन्दर्भमा सर्वदलीय बैठक जारी

काठमाडौं – प्रतिनिधिसभामा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि त्यस विषयमा सर्वदलीय बैठक जारी छ । सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र ठूला दलका सचेतकहरु सहभागी छन् ।

जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेका बेला पशुपतिको जलाहरी लगाउँदा अनियमितता भएको भनी प्रश्न उठाएका थिए । सुनको जलहरी भनेर पित्तल लगाइएको उनको आरोप थियो ।

उक्त आरोप सत्यतामा आधारित नभएको भनी एमालेले विरोध जनाएको छ । एमालेले गलत आरोप लगाइएको भन्दै प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरेपछि समाधानको उपाय खोज्न सर्वदलीय बैठक बसेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्