नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको आजदेखि बयान सुरु

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु हुने भएको छ । यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो ।

१४ जना फरार रहेकाले आज १६ जनाको मात्र बयान सुरु हुन लागेको हो । फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ ।

शुक्रबार आरोपित विरुद्धको मुद्दाको पेशी तोकिनेछ र सम्बन्धित न्यायाधीशको इजलासमा बयान हुनेछ । इजलासले उनीहरुको एकैसाथ वा छुट्टाछुट्टै रुपमा समेत बयान गराउन आदेश दिन सक्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्