लखनउलाई हराउँदै मुम्बई आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा

काठमडौै – लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराति भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएकाे हो ।

मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा समेटियो । लखनउका मार्कुस स्टोयनिसले सर्वाधिक ४० रन बनाए । लखनउका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दोस्रो क्वालिफायरमा भोलि मुम्बई र गुजरात टाइटन्सबिच फाइनल पुग्न खेल हुनेछ । फाइनल खेल आइतवार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्