एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक, वेस्ट इन्डिजको समुहमा नेपाल

File Photo

काठमाडौँ  – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय विश्वकप छनोटको खेलतालिका सार्वजनिक गरेको छ । आगामी जुन १३ गतेदेखि जिम्बाब्वेमा हुने प्रतियोगिताको खेलतालिका आईसीसीले सोमबार सार्वजनिक गरेको हो । आईसीसीले विश्वकप छनोट खेल्ने १० टिमलाई २ समूहमा विभाजन गरेको छ । नेपाल रहेको समूह ए मा जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका रहेका छन् ।

त्यस्तै समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् । विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो खेल असार ३ गते जिम्बाब्वेविरुद्ध रहेको छ । त्यसअघि नेपालले जेठ ३० गते यूएई र जेठ ३२ गते ओमानसँग वार्मअप म्याच खेल्नेछ । नेपालले समूह चरणअन्तर्गतको दोस्रो खेल असार ५ गते अमेरिकाविरुद्ध खेल्नेछ । त्यस्तै नेपालले असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।

विश्वपक छनोट खेल्ने १० टोलीलाई आईसीसीले २ समूहमा विभाजन गरेको हो । हरेक समूहको शीर्ष ३ टिमले सुपर सिक्समा स्थान बनाउनेछन् भने सुपर सिक्समा पुगेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्येबाट शीर्ष २ टोलीमा पुग्ने टिमले भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्