आज शेयर बजारमा हरियाली, ५१ अंकले उकालो लागेर १९ सय ४२ पुग्यो

काठमाडौं – आज शेयर बजारमा हरियाली छाएको छ ।  आज नेप्से ५१ अंकले उकालो लागेर १९ सय ४२ पुग्यो । कारोबार समेत बढेर २ अर्ब नाघ्यो ।

सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक र लघुवित्त समूहमा ४ प्रतिशत बढीको वृद्धि भएको छ । दुबै बीमा र व्यापार समूह पनि करिब ४ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन र वित्त समूह पनि ३ प्रतिशत बढीले सुधार भएको छ । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले बढे ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७१ कम्पनीको ६१ लाख बराबर कित्ता शेयर २ अर्ब २० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्