बिद्युतकाे पाेल ढलेर घाईते भएका युवक उपचारकाे क्रममा बिच बाटाेमा मृत्यु

सांकेतिक तस्बिर

देबराज पाधेयाय
बाजुरा जेष्ठ ४
बाजुरा जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेको बुढीनन्दा नगरपालिका वडा न ७ काे शेरकाटीयामा नेपाल बिद्युत प्राधिकरणकाे लाईन विस्तारका लागि बिद्युतकाे लाइन तान्ने क्रममा बिद्युतकाे पोल ढलेर घाइते भएका एक मजदुर युवकको उपचारका क्रममा धनगढी लैजादै गर्दा बिच बाटाेमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुढिन्नदा नगरपालिका–३ नुरीका  ३५वर्षीय अग्नी बोहरा रहेकोछन् उनले बिद्युतकाे लाईन तान्ने क्रममा बिद्युतकाे पाेल कम गाडेकाे रहेछ साे पाेलमा तारतान्ने क्रममा पाेल ढलेर बाेहराकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार नेपाल विद्युत प्राधिकरणको लाइन विस्तारका क्रममा पोलमा चढेर तार तान्ने क्रममा विद्युतको पोल ढलेर पाेल संगै लडेर खाेलामा झरेपछी उनिघाइते भएका  उनका आफन्त बिष्नु बुढाले जनाएका छन् ।बोहरा घाईते भएपछी बाेहराकाे उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याएका थिए तर बाजुरा जिल्लाले पनि त्यहां सम्भब नभए पछी धनगढी रिफर गरेका थिए तर उनलाई धनगढी लैजाने क्रममा अछामको चौखुट्टेमा बाेहराकाे मृत्यु भएको वडा न ३ का वडा अध्यक्ष जंगबिर राेकायाले बताएका छन्।
घाइते बोहराको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको भए पनि बाेहरा लाई गम्भीर चोट लागेकाे भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पतालबाजुराले धनगढी रिफर गरेको थियो । विद्युत लाइन विस्तारको युनिक निर्माण सेवा धनगढीले ठेक्का लिएको छ । उक्त निर्माण सेवाको काम गर्दा पोल ढलेर च्यापिए पछि बोहरा गम्भीर घाइते भएका थिए ।
बोहराको बीचबाटोमा मृत्युपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याउन लागिएको प्रहरीकार्यालय बाजुराले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्