प्रजातान्त्रिक विचार समाजको सचिवमा प्रा.डा. मिश्र चयन

काठमाडौँ – प्रजातान्त्रिक विचार समाजको सचिवमा प्रा.डा. अक्कलदेव मिश्र निर्विरोध चयन भएका छन् ।
प्रजातान्त्रिक विचार समाज केन्द्रीय कार्यकारणी समिति २०८०–८३ कार्यकालका लागि प्रा.डा.मिश्र सचिवमा चयन भएका हुन् ।
प्रा.डा.मिश्र यस अघि गण्डकी प्रदेशको प्रमुख समेत रहिसकेका छन् । मिश्र लामो समयदेखि प्रजातान्त्रिक विचारको वकालत गर्दै आएका छन् । उनी त्रिभुवन विश्वविद्यायमा रसायनशास्त्रका प्राध्यापक हुन् ।

जेठ ३ गते देखि सुरु भएको १२ औँ राष्ट्रिय महाधिवेशनबाट कुलचन्द्र वाग्लेको नेतृत्वमा १७ सदस्यीय पदाधिकारी चयन भएका हुन् । अध्यक्षमा कुलचन्द्र वाग्ले, वरिष्ठ उपाध्यक्षमा डा. इश्वरी राज लौडरी र गोकर्ण अर्याल, उपाध्यक्षमा कृष्ण केसी चयन भएका छन् । यस्तै कोशी प्रदेश उपाध्यक्षमा जीवन कुमार राई, मधेश प्रदेश उपाध्यक्ष्मा राम नारायण देव, बाग्मती प्रदेश उपाध्यक्षमा भरत प्रसाद दवाडी, गण्डकी प्रदेश उपाध्यक्षमा जीवलाल काफ्ले, लुम्बीनी प्रदेश उपाध्यक्षमा शंकर दिवस मजगैया चयन भएका छन् । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमशः ध्रुवबहादुर मल्ल र सुरेन्द्रबहादुर चन्द चयन भएका छन् ।

यस्तै महिला उपाध्यक्षमा अनार बस्नेत र मेनका राजभण्डारी श्रेष्ठ चयन भएका छन् भने महासचिवमा डा. बासुदेव भण्डारी चयन भएका छन् । यस्तै उपमहासचिवमा सि.भी. मल्ल, कोषाध्यक्ष्मा पुष्पमान श्रेष्ठ र सचिवमा प्रा.डा. अक्कलदेव मिश्र चयन भएका छन् ।

महाधिवेशनबाट १९ जना केन्द्रीय सदस्य समेत चयन भएका छन् । महाधिवेशन ४ गते सम्म चलेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्