लामो दुरीका यात्रुवाहक सवारी साधनले अव बसर्पाकबाट मात्रै यात्रु ओराल्न र चढाउन पाउने

काठमाडौं – लामो दुरीका यात्रुवाहक सवारी साधनले अव बसर्पाक बाट मात्रै यात्रु ओराल्न र चढाउन पाउने भएका छन् । शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले यस्तो निर्णण् गरेको हो । जस अनुसार काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ बसपार्क गोगंबुबाट मात्र सञ्चालन गर्न पाइने भएको छ ।

यो निर्णयसँगै अब अबैध टिकट काउन्टरहरु हट्ने भएका छन् । अबैध काउन्टर हटाउन महानगर जुट्नेछ । गौशाला, चाबहिल, सुन्धारा लगायतका ठाउँमा लामो दुरीका यातायातका काउन्टरहरु रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्