टेलिकमकाे ‘आईसीटी डे अफर’ : ३ सय ९९ रुपैयाँमा ३० जीबी डाटा

काठमाडौँ  – नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।

दिवसका अवसरमा कम्पनीले आज आइतवारदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ ।

अफरअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेजअन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने छ जीबी डाटा, एक सय ९९ रुपैयाँमा सात दिन चलाउन सकिने १३ जीबी डाटा, दुई सय ९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र तीन सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्