आईपीएल: मुम्बईले राजस्थानलाई ६ विकेटले हरायो

काठमाडौँ  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

गएराति वाङखडे मैदानमा भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका टिम डेविड ४५ रनमा र तिलक बर्मा २९ रनमा अविजित रहे ।

सूर्यकुमार यादव ५५ रनमा आउट भए । क्यामरन ग्रीनले ४४ रन जोडे । राजस्थानका रविचन्द्रन आश्विनले दुई तथा ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

राजस्थानका यशस्वी जैसवालले १ सय २४ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । आईपीएल क्रिकेटमा उनको यो पहिलो शतक हो । मुम्बईका अर्शद खानले तीन, पीयूष चवालाले दुई, जोफ्रा आर्चर, राइली मेरीडिथले एक/एक विकेट लिए । जितसँगै मुम्बईले प्लेअफको सम्भावना कायमै राखेको छ । मुम्बई ८ खेलमा ४ जितसहित अङ्कतालिकाको सातौँ स्थानमा छ । राजस्थान ९ खेलमा ५ जितसहित तेस्रो स्थानमा छ । हिजो भएको अर्को खेलमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ४ विकेटले हराएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्