एसीसी प्रिमियर कप : उपाधिका लागि नेपालले यूएईसँग खेल्दै, खेल अवरुद्ध भए नेपाल विजेता बन्ने

काठमाडौँ  – एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

कीर्तिपुर मैदानमा डेढ महिना अगाडि भएको विश्व कप लिग–२ को अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्व कप ग्लोबल क्वालिफायरमा छनोट भएको थियो । पछिल्लो दुई महिनाको बीचमा नेपाल र यूएई ४ पटक आमने सामने भएका छन् । जसमा यूएईमा भएको एउटा खेल नेपालले हारेको थियो भने बाँकी ३ खेल जितेको थियो ।

यूएईसँगको एउटा खेल हारेयता नेपालले अरु खेल हारेको छैन । आजको खेलमा पानी परेमा भोलि हुनेछ । तर निरन्तर पानीले खेल हुन नसके सुपर ओभर हुनेछ । सुपर ओभर पनि बराबर भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आईसीसीको एकदिवसीय वरियता अनुसार माथि रहेको टोली एसिया कपमा पुग्नेछ ।

एकदिवसीय वरियतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा छन् । खेल रद्द हुँदा नेपाल एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्