बैतडीमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएपछि . . .

काठमाडौँ –  बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको छ।

जिल्लाको पाटन नगरपालिका–६ तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो। कृर्षि विकास बैँक नजिकै टाउको भेटिएको हो। सो ठाउँमा टाउकोको कपाल समेत रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको छ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्