उपचार गराएर स्वदेश फर्किए कांग्रेस सांसद चन्द्र भण्डारी

काठमाडौँ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फर्किएका छन्। आइतबार साँझ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार फर्किएका हुन्।  उनको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गरिएको थियो। पछिल्लो समय नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्। नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन्।

आगलागीमा परी नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। उनकी आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । नेता भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्