बैतडीको पञ्चेश्वरमा सर्पले टोकेर एक महिलाको मृत्यु

सांकेतिक तस्वीर

कैलाली –  बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डाँगाटोलमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ।

शनिबार साँझ गोठमा भैंसीलाई घाँस हाल्ने क्रममा पञ्चेश्वर गाउँपालिका–२ डाँगाटोलकी २५ बर्षीया निर्मला लुहारको सर्पले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार गोठमा भैंसीलाई घाँस हाल्ने क्रममा लुहारलाई सर्पले टाउकोमा टोकेको हो । सर्पले टोकेपछि लुहारलाई स्थानीय वैद्यकोमा झारफुकका लागि पु¥याइएको थियो। उनको उतै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक लुहारको शव पोष्टमार्टमपछि आइतबार आफन्तको जिम्मा लगाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्