ममाथिको आक्रमणमा ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता छ : ओली

FILE PHOTO

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आक्रमणको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यको संलग्नता रहेको आरोप लगाएका छन् ।

पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लामा आफूमाथि आक्रमण प्रयासका घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको पनि आरोप लगाए ।

ओलीले हरेक ठाउँमा एउटै समूहका २० जनाजति मानिस आफूमाथि आक्रमण प्रयासमा आएको बताए । सरकारले मुखले जे भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै उनले आपत्ति जनाए । आफूहरुमाथि गाली बेइज्जती, अश्लिल शब्दको वर्षा गर्दा पनि नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको ओलीले बताए ।

ओलीले फटाहा, मुर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी समेत गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्