कञ्चनपुरको कालिका सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा एक मानव कंकाल भेटियो

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ११ मा रहेको कालिका सामुदायिक वनमा एक मानव कंकाल भेटिएको छ । बनमा घास दाउरा संकलन गर्न गएका स्थानीयले एक रुखमा झुण्डिएको अवस्थामा मानव कंकाल देखिएका थिए ।

स्थानीयले वडा अध्यक्षलाई खबर गरेको र वडा अध्यक्षले इलाका प्रहरी कार्यालय झलारीमा खबर गरेपछि प्रहरीको टोलीले जंगलबाट उक्त मनव कंकाल फेला पारेका थिए । घटनास्थल नजिक चप्पल र टोपी भेटिएको छ ।
कंकाल मात्रै भएकाले पहिचान गर्न समस्या भएनि उक्त ठाउँमा फेला परेका चपपल र टोपीबाट पहिचान गर्न तथा अनुसन्धान गर्न सहज हुने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्