चावहिलमा भाँडा पसल सञ्चालन गर्दै आइरहेकी निराको हत्या विनोद बिकले गरेको प्रहरीको निष्कर्ष

काठमाडौं – प्रहरीले चाबहिलको कपन सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आइरहेकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न व्यक्तिलाइ सार्वजिनक गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न व्यक्तिलाइ पक्राउ गरेको हो ।

हत्याको मुख्य उद्देश्य लुटपाट भएको निष्कर्ष निकाल्दै विनोद बिकलाई सार्वजिनक गरेको हो । हत्यामा संलग्नको आरोपमा प्रहरीले उनलाइ झापाबाट  शनिबार पक्राउ गरेको थियो ।  एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको बताएका छन्।

वैशाख ७  निराको हत्यापछि उनको सिक्री लुट्नुका साथै १२ हजार रुपैयाँ लुटपाट गरेको एसएसपी आचार्यले बताउनुभयो । बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्