एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाबिरुद्ध २३६ रनको लक्ष्य पछ्याउदै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटको उद्घाटन खेलमा नेपालले २३६ रनको लक्ष्य पाएको छ । टस हारेर बलिङको निम्तो पाएको नेपालले मलेसियासँगको खेलमा २ सय ३६ रनको लक्ष्य पाएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा मलेसियाले कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए ।

मलेसियाका अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए ।

विरन्दीप ९४ बलमा ४६ रन जोडे । ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक खिजार हायातले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्