अवैध लागूऔषध खैरो हेरोईन सहित कैलालीबाट २३ वर्षीय युवक पक्राउ

कैलाली, भजनी नगरपालिका-५ कौवाखेडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १८ ग्रामसहित बर्दगोरीया गाउँपालिका-४ बस्ने २३ वर्षीय दिपेन्द्र बोहरा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी पगियापासारबाट संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४१ प ८४६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्