संघीयता, गणतन्त्र पक्षधर शक्तिबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्नेमा सांसदहरुको जोड

FILE PHOTO

काठमाडौं – राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्नेमा जोड दिनु भएको छ ।

मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढनुपर्ने उहाँको भनाइ थियो ।

सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासात गरेर अघि बढिरहेको दावी समेत गर्नु भयो ।

सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पु¥याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्