आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा युएईले दियो नेपाललाई ३ सय ११ रनको लक्ष्य

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले नेपाललाई रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

उसका लागि कप्तान मोहम्मद वासिमले आक्रमक ब्याटिङ गर्दै अर्धसतक बनाएर आउट भए। ४९ बल खेलेका उनले सन्दीप लामिछानेको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि २ चौका र ६ छक्कासहित ६३ रन बनाए।
युएइका आसिफ खानले सतक पुरा गरे भने अरबिन्दले ९४ रनको योगदान दिए ।

नेपालका लागि दीपनेन्द्र सिंह ऐरीले २ विकेट लिएका छन् । ललितनारायण राजबंशी र सन्दीप लामिछानेले १–१ विकेट हात पार्दा युएईले १ विकेट रन आउटका रूपमा गुमाएको छ ।

घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्