आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईको २ सय रन बढी

काठमाडाैं – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज भइरहेको अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गरेको युएईले ४३ ओभरमा ५ विकेट गुमाएर २०४ रन बनाएको छ।

नेपालका लागि दीपनेन्द्र सिंह ऐरीले २ विकेट लिएका छन्। ललितनारायण राजबंशी र सन्दीप लामिछानेले १–१ विकेट हात पार्दा युएईले १ विकेट रन आउटका रूपमा गुमाएको थियो। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्