परशुराममा जारी भलिबल प्रतियोगितामा शुक्लाफाँटा फाइनल प्रवेश

कञ्चनपुर, झलारी – डडेल्धुराको परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको आयोजनामा भइरहेको अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका टिम फाइनल प्रवेश गरेकाे छ।

आज भएको महिलातर्फको भलिबल प्रतियोगितामा भागेश्वर माध्यमिक विद्यालयलाई हराउँदै शुक्लाफाँटा फाइनल प्रवेश गरेकाे हाे। सेमिफाइनल खेलमा शुक्लाफाँटाले भागेश्वरलाई ३–० सेटमा हराएको छ। अबकाे खेल बैतडी र सीवाइसी अत्तरियाबीच हुनेछ।

त्यस खेलकाे विजेतासँग शुक्लाफाँटाले खेल्नेछ। भलिबल प्रतियोगितामा महिलातर्फ ९ टीमको सहभागिता थियाे। महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ सय ११, द्धितियले २५ हजार १ सय ११ र तृतिय हुने टीमले १३ हजार १ सय ११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्