ग्लिटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर – बारहीस्थान भक्तपुरमा अवस्थित ग्लिटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव भक्तपुर नगरपालिकाको नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सफलता पूर्वक सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रजापतिले भक्तपुरले विद्यालयका संचालक तथा अध्यक्ष जिवेश सिटिखूको सभापतित्वमा संचालन भएको वार्षिकोत्सवको अवसरमा आयोजित अभिभावक दिवस, पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रममा अतिथि भक्तपुर वडा ४ का अध्यक्ष उपेन्द्र सुवाल र नेशनल प्याब्सन बागमती प्रदेश उपाध्यक्ष पुण्यराम कवां र राष्ट्रिय युवा परिषदका सदस्य मुकेश योन्जनले शुभकामना मन्तव्य दिनु भएको थियो । नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालयले गरेका शैक्षिक एवं अनिवार्य क्रियाकलापको चर्चा गर्दै अभिभावकहरुलाई स्कुल प्रति सकारात्मक भूमिकामा रहि आफ्ना बालबालिकाहरुलाई अध्ययनमा प्रेरित गर्न प्रशिक्षणात्मक मन्तव्य दिनु भएको थियो ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ग्लिटर फ्युचर स्कुल यस भक्तपुर नगरपालिकाको एक अब्बल र उत्कृष्ट निजी स्कुलको रुपमा अभिभावक एवं विद्यार्थीको विश्वास जित्न र शैक्षिक उन्नयनमा उत्तरदायी छाप छोड्न अग्रसर देखिएको चर्चा गर्दै आगामि वर्षदेखि थप आकर्षक शैक्षिक कार्यक्रमहरु संचालनमा ल्याउने ग्लिटर फ्युचर स्कुलमा अभिभावकहरुले आफ्ना बालबालिकाहरु भर्ना गरी लाभान्वित हुन शुभेच्छा प्रदान गर्नु भएको थियो । एसईई वर्ष २०७५ देखि २०७८ मा उत्तीर्ण हुने पूर्व विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान र कक्षागत शैक्षिक पुरस्कारका साथै अनिवार्य क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको उक्त कार्यक्रममा विद्यालयका संचालक/प्रिन्सिपल राम प्रसाद खाताखोले विद्यालयको गतिविधि प्रष्ट्याउदै अभिभावक तथा विद्यार्थीहरुलाई सहजता प्रदान गर्न स्कुल बस र दिवा खाजाको व्यवस्था गरिएको बताउनु भयो ! प्रिन्सिपल खाताखोले ग्लिटर फ्युचरमा “एक विद्यार्थी एक खेल” अभियान सुरु गरेको समेत उल्लेख गर्नु भयो ! विद्यार्थीहरुको विविध साँस्कृतिक प्रस्तुति, प्रतिभा प्रस्फुटन र खेल प्रस्तुतिहरु राखिएको सो कार्यक्रममा अतिथिहरु नेशनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष दिनेश शाक्य, विनोद लामा, श्रीराम सुवाल लगाएतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्