आज धेरैजसो स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं -काठमाडौं उपत्यकामा अहिले बिहान पानी परिरहेको छ । उपत्यकासहित पहाडी भेगमा आज दिनभर बादल लाग्ने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाे तथ्याकं अनुसार आज काठमाडौं, पाल्पा, कास्की लगायतका जिल्लाहरुमा हल्का वर्षा भइरहेको छ । कर्णाली प्रदेशको डोल्पा लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ ।

अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै अरेबियन सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीयस्तरमा विकसित भएको प्रणालीले पनि मौसममा बदली भएको हो । यसका कारण पहाडी भेगका धेरैजसो स्थानमा आज चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तापक्रम पनि केही घटेर चिसो महसुस हुनेछ ।

भोलि बिहीबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा हुने र कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्