आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं– आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ ।

आविष्कार र प्रविधिमा लैंगिक समानता भन्ने नारा सहित नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिदैँछ । प्रविधिमा समानता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्र संघले डिजिटल दुनियाँलाई सुरक्षिता, थप सहभागितामूलक र समतामूलक बनाउनका लागि सबै देशका सरकार, अभियन्ता र निजी क्षेत्रलाई आग्रह गरेको छ ।
महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले उपलब्धि हासिल गरे पनि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा अझै धेरै काम हुन बाँकी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्