दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

तस्बिर : उद्धव सिँह धामीको फेसबुकबाट

दार्चुला – दार्चुलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

डुङरी मन्दिर दर्शन गरि फर्किदै गरेका भारतीय नागरिक रहेका बताइएको छ। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जीपपार्कबाट लास्कु खोलामा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्